spot_img

होटल संघ सुदूरपश्चिमको अध्यक्षमा भट्ट सर्वसम्मत

- Advertisement -


धनगढी, भदौ २१ गते । होटल संघ नेपाल (HAN) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ।

धनगढीमा सम्पन्न संघको प्रथम साधारण सभाले भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट, उपाध्यक्षमा पदम भण्डारी र महासचिवमा धर्क शाह निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यमा शारदा शाह, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता, चन्द्रप्रकाश ओली, पदम विक्रम सिंह, भुवन सिंह भण्डारी, नागेन्द्र खड्का, दिपेश शाह, पशुपति कुँवर र बसन्ता भण्डारी चयन हुनुभएको छ।

साधारण सभामा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले नयाँ कार्यसमितिलाई बधाई दिँदै सुदूरपश्चिमको पर्यटन विकासका लागि बोर्डर तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा केन्द्र र प्रदेशबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति विकासमा समेत जोड दिनुपर्ने उहाँको भनाइ थियो।

नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिमको होटल तथा पर्यटन व्यवसायको विकास, व्यवसायीका समस्या समाधान र पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img