spot_img

बैतडीको सुर्नयामा जिप दुर्घटना, सात जना घाइते

- Advertisement -

वासुलिङ बैतडी, भदौ १७ गते । बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

सतबाँझबाट सुर्नया गाउँपालिका–२ बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप बुधबार साँझ करिब साढे ५ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिपमा सवार ११ जनामध्ये सात जना घाइते भएका हुन् । घाइते हुनेमा सुर्नया–२ की ६५ वर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ वर्षीया सुशीला भण्डारी र सात वर्षीया दिप्ती बिष्ट, सुर्नया–६ रीगाकी २० वर्षीया दिपा कुँवर तथा सुर्नया–५ स्वालीका ३० वर्षीय हरिश विक, ४३ वर्षीय तिलक चन्द र ३० वर्षीय दिपक चन्द रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था मध्यमदेखि सामान्य रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img