spot_img

गौरा पर्वअन्तर्गत आज ‘नानी गौरा’ मनाइँदै

- Advertisement -

वासुलिङ बैतडी, भदाै १७ गते — सुदूरपश्चिमेलीहरुको प्रमुख पर्व गौरा अन्तर्गत आज ‘नानी गौरा’ मनाइँदैछ । गौरा पर्वको दोस्रो दिनका रुपमा मनाइने नानी गौरामा व्रतालु महिलाहरुले अघिल्लो दिन भिजाएका बिरुडा नजिकका धारा, तलाउ तथा पानीका मुहानमा लगेर धुने र पूजा गर्ने परम्परा छ ।

नानी गौराका दिन सवाँ, अपामार्ग, तीललगायतका वनस्पति प्रयोग गरी गौराको प्रतिमूर्ति बनाइन्छ । उक्त प्रतिमूर्तिलाई नजिकको पानीको मुहान, धारा वा तलाउमा लगेर पूजा–आराधना गर्ने चलन रहेको सुर्नया गाउँपालिका–६ की हरिना अवस्थीले बताइन् ।

बिरुडापञ्चमीका दिन भिजाइएका बिरुडाले गौरादेवीको पूजा गर्ने परम्परा रहेको उनले बताइन् । बिरुडासँगै बारीमा फलेका विभिन्न फलफूलसमेत गौरादेवीलाई चढाउने गरिन्छ । दिउँसो गौरादेवीको पूजा गरेपछि साँझ मिठोमसिनो खाने तथा व्रतालु महिलाहरुले सगुन र फाग गाउँदै पूजा गर्ने चलन रहेको अवस्थीले बताइन् ।

आज व्रतालु महिलाहरु बिहानै नुहाइधुवाइ गरी दिउँसो सामूहिक रुपमा गौरादेवीको पूजा गर्ने गर्छन् । विभिन्न सगुन तथा फागमार्फत गौरादेवीको आराधना गर्दै बिरुडाले पूजा गर्ने परम्परा रहेको दोगडाकेदार गाउँपालिका–४ की गंगा शर्माले बताइन् ।

पौराणिक मान्यताअनुसार भगवान महेश्वर अर्थात् शिवलाई पतिको रुपमा प्राप्त गर्न पार्वतीले निराहार व्रत बसेर आराधना गरेकी थिइन् । सोही विश्वासका आधारमा शिव र पार्वतीको विवाहको सम्झनामा गौरा पर्व मनाउने परम्परा सुरु भएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखक बताउँछन् । उनका अनुसार गौरा सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व भएकाले प्रसाद ग्रहण गर्न घरबाहिर रहेका परिवारका सदस्यसमेत गाउँ फर्कने गर्छन् ।

गौरा पर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली हो । अमुक्ताभरण सप्तमीका दिन गौरालाई घरमा भित्र्याउने तथा महिलाले धारण गर्ने विशेष धागो ‘दुबधागो’ गौरादेवीलाई समर्पण गर्ने चलन छ । अठ्यावालीका दिन उक्त दुबधागो धारण गरिन्छ ।

तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिमका महिलाहरुले गौरा पर्वका बेला दुबधागो धारण गर्ने परम्परा रहेको छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने गरिन्छ । यस वर्ष गौरा पर्व कृष्णपक्षमा परेको छ ।

गौरा पर्वसँगै अहिले गाउँघरमा चहलपहल बढेको छ । रोजगारी तथा अन्य कारणले परदेशमा रहेका मानिसहरु पनि गौरा मनाउन आफ्नो थातथलो फर्किएका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img