spot_img

जंगली जनावरले मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित

- Advertisement -

बैतडी, भदौ ५ गते । बैतडीमा जंगली जनावरले मकैबालीमा क्षति पुर्‍याउन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा बाँदर, बँदेल र दुम्सीले मकैबाली नष्ट गर्न थालेपछि किसानलाई बाली जोगाउन समस्या भएको हो ।

सिगास गाउँपालिका–३ का स्थानीय पदमराज अवस्थीका अनुसार दिउँसो बाँदर र रातिको समयमा दुम्सीले मकैबालीमा क्षति पुर्‍याउने गरेको छ । जंगली जनावरबाट बाली जोगाउन किसान रातदिन खेतमा निगरानी गर्न बाध्य भएका छन् । खेतबारीमा टहरा बनाएर पहरा दिँदा समेत बाली जोगाउन नसकिएको किसानको गुनासो छ । पुर्चौडी नगरपालिका–७ का किसान जनक ऐरले बँदेलले मकैबालीमा क्षति पुर्‍याउन थालेपछि उत्पादन घट्ने चिन्ता बढेको बताउनुभयो । सिगास गाउँपालिका–९ का किसान जनक बोहराले मेहनत गरेर लगाएको बाली जोगाउन रातभर खेतमै जाग्राम बस्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

जंगली जनावरसँगै हावाहुरी, रोग तथा किराको प्रकोपका कारण पनि मकैबालीमा क्षति पुग्ने गरेको छ । बैतडीमा करिब १२ हजार हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ । विभिन्न कारणले बालीमा क्षति भइरहे पनि किसानले कृषि बीमातर्फ भने चासो देखाएका छैनन् । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार बाली बीमा निःशुल्क गर्ने व्यवस्था भए पनि गत आर्थिक वर्षमा जिल्लामा बालीतर्फ एउटा पनि बीमा भएको छैन । पशुपन्छीतर्फ भने छ सय वटा बीमा गरिएको छ । बाली बीमा गरेमा जंगली जनावरलगायत विभिन्न कारणले हुने क्षतिबाट किसानलाई राहत पुग्ने उहाँले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

गोदावरीका १९ वर्षीय युवासहित तीन जना पक्राउ

0
कैलालीको धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गबाट ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img