spot_img

साउनमा बैतडीमा २३० सवारी साधन कारबाहीमा

- Advertisement -

बैतडी, भदौ ५ गते । बैतडीमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० वटा सवारी साधन साउन महिनामा कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती सवारी साधनलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका सवारी साधनबाट जरिवानाबापत दुई लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

साउन महिनामा जिल्लामा दुईवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

यसैबीच, अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले एक महिनामा २० जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img