spot_img

डायलासिस सेवा विस्तार गर्ने सुदूरपश्चिम प्रदेश सरकारकाे निर्णय

- Advertisement -

धनगढी, साउन ३१ गते । नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको हो । सरकारले डायलासिसका लागि सेती प्रादेशिक अस्पतालमा पाँच शय्या, लम्कीचुहा प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार, टीकापुर अस्पतालमा तीन शय्या थप्ने निर्णय गरेको छ । यसै गरी जोगबुढा प्रादेशिक अस्पताल, बयलपाटा अस्पताललगायत अन्य जिल्ला अस्पतालमा दुई/दुई शय्या थप गर्ने निर्णय गरेको छ ।

डायलासिस शय्या पर्याप्त नभएका कारण मिर्गौलासम्बन्धी समस्याका बिरामीले भोग्दै आएको कठिनाइलाई ध्यानमा राख्दै सरकारले यो निर्णय गरेको हो । नवगठित सरकारले गरेको निर्णयप्रति निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पनि खुसी व्यक्त गर्नुभएको छ । प्रदेशका यी स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तारका लागि शय्या थप गर्ने विषयलाई शाह नेतृत्वकै सरकारले ल्याएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आफ्नो नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा समेटेको विषयलाई नै पहिलो निर्णयका रूपमा कार्यान्वनमा लैजाने निर्णय गरेकोप्रति निवर्तमान मुख्यमन्त्री शाहले वर्तमान सरकारलाई सामाजिक सञ्जालमार्फत धन्यवाद पनि दिनुभएको छ । “मेरो कार्यकालमा अघि बढाइएका जनमुखी योजना तथा नीतिलाई निरन्तरता दिएकोमा नयाँ सरकारलाई हार्दिक धन्यवाद र सफल कार्यकालको शुभकामना,” शाहले उल्लेख गर्नुभएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रस्तुत गर्नुभएको तत्कालीन सरकारको नीति तथा कार्यक्रमको ४८ नम्बर बुँदामा डायलासिस सेवा विस्तारका लागि शय्या थप गर्ने विषय लिपिबद्ध गरिएको छ । यसका लागि प्रदेश सरकारले बजेटको व्यवस्था पनि गरेको थियो तर सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित हुन सकेन ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img