spot_img

बैतडीका ६२ वडामा वडा सचिवको दरबन्दी रिक्त

- Advertisement -

बैतडी, साउन २६ गते । बैतडीका ८४ वडामध्ये ६२ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको पाइएको छ । जिल्लाका २२ वडामा मात्रै सचिवको दरबन्दी पदपूर्ति भएको छ । सचिवको दरबन्दी रिक्त रहेका वडामा प्राविधिक, स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।
सुर्नया र सिगास गाउँपालिकाका कुनै पनि वडामा स्थायी वडा सचिव छैनन् । दुवै स्थानीय तहमा प्राविधिक, स्वास्थ्य तथा करार सेवाका कर्मचारीले वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

स्थानीय तहको विवरणअनुसार पाटन नगरपालिकाका ७, पुर्चौंडी नगरपालिकाका ९, मेलौली नगरपालिकाका ७ र दशरथचन्द नगरपालिकाका ४ वडामा सचिवको दरबन्दी रिक्त छ । त्यस्तै दोगडाकेदार गाउँपालिकाका ४, पञ्चेश्वरका ४, डिलाशैनीका ५ र शिवनाथ गाउँपालिकाका ५ वडामा पनि स्थायी सचिव छैनन् ।
पाटन नगरपालिकाका १० वडामध्ये ३ वडामा मात्रै सचिवको दरबन्दी पदपूर्ति भएको छ । बाँकी वडामा प्राविधिक कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको पाटन नगरपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकाका ११ वडामध्ये ७ वडामा सचिवको दरबन्दी पदपूर्ति भएको छ । बाँकी ४ वडामा प्राविधिक तथा अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।
पुर्चौंडी नगरपालिकाका १० वडामध्ये ९ वडामा प्राविधिक कर्मचारीले वडा सचिवको काम गरिरहेका छन् । वडा नम्बर २ मा भने कसैलाई पनि सचिवको जिम्मेवारी नदिइएकाले वडा सचिवको पद पूर्ण रूपमा रिक्त रहेको सूचना अधिकारी प्रवीन धानुकले बताउनुभयो ।

मेलौली नगरपालिकाका ९ वडामध्ये वडा नम्बर ३ र ८ मा मात्रै सचिव कार्यरत छन् । बाँकी वडामा कम्प्युटर अपरेटरलगायत प्राविधिक कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको सूचना अधिकारी सपना कार्कीले बताउनुभयो । दोगडाकेदार गाउँपालिकाका ८ वडामध्ये वडा नम्बर ३, ४, ५ र ८ मा सचिव कार्यरत छन् । बाँकी ४ वडामा प्राविधिक समूहका कर्मचारीले वडा सचिवको जिम्मेवारी सम्हालिरहेको प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिनुभयो ।

६ वडा रहेको पञ्चेश्वर गाउँपालिकामा वडा नम्बर ३ र ६ मा मात्रै सचिवको दरबन्दी पदपूर्ति भएको छ । बाँकी ४ वडामा प्राविधिक कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएर सेवा सञ्चालन भइरहेको सूचना तथा प्रविधि शाखा प्रमुख रोशन चन्दले बताउनुभयो । डिलाशैनी गाउँपालिकाका ७ वडामध्ये वडा नम्बर २ र ६ मा मात्रै स्थायी सचिव छन् । बाँकी ५ वडामा प्राविधिक तथा स्वास्थ्य समूहका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो ।

त्यस्तै, ६ वडा रहेको शिवनाथ गाउँपालिकाको वडा नम्बर १ मा मात्रै सचिव कार्यरत छन् । बाँकी ५ वडामा प्राविधिक तथा करार सेवाका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको सूचना अधिकारी महेशसिंह महताले जानकारी दिनुभयो ।

स्थायी वडा सचिवको अभावमा एउटै कर्मचारीलाई प्राविधिक वा स्वास्थ्यसम्बन्धी कामसँगै प्रशासनिक जिम्मेवारीसमेत दिइँदा स्थानीय तहको सेवा प्रवाहमा कार्यबोझ बढेको देखिन्छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img