spot_img

बैतडीमा कांग्रेसको ‘जरा अभियान’ सम्पन्न

- Advertisement -

बैतडी, साउन ६ गते । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ बैतडीमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधवार बैतडीमा कार्यक्रम आयोजना गरी अभियानको समापन गरिएको हो । कांग्रेसले देशभरका ७७ वटै जिल्लामा सञ्चालन गरेको अभियानको केन्द्रीय परिपत्र अनुसार बैतडीमा पनि कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

अभियानका क्रममा क्रियाशील सदस्यता वितरण तथा अध्यावधिक लगायत संगठन सुदृढीकरणका कामलाई प्राथमिकता दिइएको थियो । गत वैशाख १ गतेदेखि सुरु भएको अभियानमा बैतडीमा करिब ७० प्रतिशत क्रियाशील सदस्यले सदस्यता अध्यावधिक गरेको नेपाली कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्टले बताउनुभयो । केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार साउन ३ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरणलगायतका काम सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिइएको थियो ।

अभियानअन्तर्गत पालिकास्तरमा खटिएका प्रतिनिधिले साउन ४ गते जिल्ला कार्यसमितिमार्फत केन्द्रीय प्रतिनिधिलाई प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि सुशीला मिश्र भट्टले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले पार्टी संगठनलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले संगठन सुदृढीकरणका लागि तल्लो तहसम्म पार्टीका गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्टले बैतडी कांग्रेसलाई बलियो बनाउन सबै नेता–कार्यकर्ता एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । विखण्डनको राजनीतिले कसैको पनि हित नगर्ने भन्दै उहाँले पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस बैतडीका सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, उपसचिव दीपेन्द्रबहादुर चन्द, पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कांग्रेसले सुरुमा असार २० गतेसम्म मात्र नयाँ क्रियाशील सदस्यता वितरण तथा अध्यावधिक गर्ने समय तोकेको थियो । केन्द्रीय प्रतिनिधिहरूले समय अभाव भएको जनाएपछि पार्टीले उक्त समयसीमा असार २८ गतेसम्म थप गरेको थियो ।

अभियानको सुरुवात कांग्रेस सभापति गगन थापाले वैशाख १ गते काठमाडौं महानगरपालिका–३० को वडा कार्यालयमा उपस्थित भई क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै गर्नुभएको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img