back to top
Home नेपाल रास्वपा बैतडी जिल्ला समितिको पहिलो बैठक सम्पन्न, संगठन विस्तारमा जोड

रास्वपा बैतडी जिल्ला समितिको पहिलो बैठक सम्पन्न, संगठन विस्तारमा जोड

0
41

बैतडी, असार २८ गते — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडी जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार सम्पन्न भएको छ।

जिल्ला सदरमुकामस्थित शाहीलेकमा रहेको पार्टी कार्यालयमा जिल्ला सभापति भीम नाथको अध्यक्षतामा आयोजित बैठकमा रास्वपाका सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी (क्वालिटी) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

बैठकमा जिल्ला समितिका पदाधिकारी तथा जिल्लाका १० वटै स्थानीय तहका पालिका सभापतिहरूको उपस्थिति रहेको थियो।

बैठकले जिल्लाभर पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने निर्णय गरेको छ। त्यसका लागि १० वटै स्थानीय तहमा संगठन विस्तार तथा परिचालनलाई प्रभावकारी बनाउने, ८४ वटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरी ब्लड बैंकमा रगत उपलब्ध गराउने निर्णय गरिएको सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी (क्वालिटी) ले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here