back to top
Home घटना पहिरोले घरमा क्षति, परिवारलाई सुरक्षित स्थानमा सारियो

पहिरोले घरमा क्षति, परिवारलाई सुरक्षित स्थानमा सारियो

0
38

बैतडी, असार २८ गते — बैतडीको दशरथचन्द नगरपालिका–४ खहरेपीपल नजिक शनिबार साँझ गएको पहिरोले एक घरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार साँझ करिब ६ बजे खसेको पहिरोले स्थानीय दानीराम तिरुवाको दुई कोठे, एकतले जस्तापाताले छाएको घरको भित्ता भत्काएको हो।

घरमा क्षति पुगेपछि त्यहाँ बसोबास गर्दै आएको परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

पहिरो खसेको सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक नरबहादुर तामाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्धार गरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा पहिरोको जोखिम बढ्दै गएकाले पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here