spot_img

पालिकाभर उत्कृष्ट नतिजा ल्याउने बाशुदेव माविका दुई विद्यार्थी नगदसहित सम्मानित

- Advertisement -

 

केशव भट्ट, बैतडी, असार २३ गते । सुर्नया गाउँपालिकाले २०८२ सालको वार्षिक परीक्षामा पालिकाभर उत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

कक्षा १० मा ३.३० जीपीए प्राप्त गर्दै प्रथम स्थान हासिल गरेका अनिल ऐरीलाई रु. ११ हजार २५० तथा कक्षा ८ मा ३.५८ जीपीए प्राप्त गरी प्रथम स्थान हासिल गरेका रुद्रराज भट्टलाई रु. ८ हजार २५० नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

विद्यार्थीमा अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धी भावना विकास गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको हो।

सम्मानपछि विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको उपलब्धिको प्रशंसा गर्दै पुरस्कारमार्फत शैक्षिक क्षेत्रलाई प्रोत्साहन गरेकोमा सुर्नया गाउँपालिकाप्रति आभार व्यक्त गरेको छ। साथै सम्मानित दुवै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img