back to top
Home मुख्य समाचार पालिकाभर उत्कृष्ट नतिजा ल्याउने बाशुदेव माविका दुई विद्यार्थी नगदसहित सम्मानित

पालिकाभर उत्कृष्ट नतिजा ल्याउने बाशुदेव माविका दुई विद्यार्थी नगदसहित सम्मानित

0
278

 

केशव भट्ट, बैतडी, असार २३ गते । सुर्नया गाउँपालिकाले २०८२ सालको वार्षिक परीक्षामा पालिकाभर उत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

कक्षा १० मा ३.३० जीपीए प्राप्त गर्दै प्रथम स्थान हासिल गरेका अनिल ऐरीलाई रु. ११ हजार २५० तथा कक्षा ८ मा ३.५८ जीपीए प्राप्त गरी प्रथम स्थान हासिल गरेका रुद्रराज भट्टलाई रु. ८ हजार २५० नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

विद्यार्थीमा अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धी भावना विकास गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको हो।

सम्मानपछि विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको उपलब्धिको प्रशंसा गर्दै पुरस्कारमार्फत शैक्षिक क्षेत्रलाई प्रोत्साहन गरेकोमा सुर्नया गाउँपालिकाप्रति आभार व्यक्त गरेको छ। साथै सम्मानित दुवै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here