spot_img

शिवनाथ गाउँपालिका ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा

- Advertisement -

बैतडी, असार २२ गते । बैतडीको शिवनाथ गाउँपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको छ। सुरक्षित मातृत्व तथा गुणस्तरीय मातृ–शिशु स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आवश्यक सबै सूचक पूरा भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश तीर्थराज भट्टले सुरक्षित मातृत्व प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले शिवनाथको उपलब्धि अन्य स्थानीय तहका लागि समेत प्रेरणादायी भएको बताउनुभयो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महतका अनुसार सबै वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गर्ने अवस्था सुनिश्चित भएसँगै गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको हो। नियमित गर्भ परीक्षण, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा, नवजात शिशुको स्वास्थ्य परीक्षण तथा प्रसूति पश्चात् सेवामा सुधार आएकाले यो उपलब्धि हासिल भएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. विजन भट्टराईले संस्थागत सुत्केरीलाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न समुदायस्तरसम्म जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

गाउँपालिका अध्यक्ष साउदले सुरक्षित मातृत्व, खोप, पोषण, परिवार नियोजन तथा आधारभूत स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको बताउँदै कुनै पनि गर्भवती महिलाले घरमै असुरक्षित रूपमा सुत्केरी हुनुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याउने स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई सम्मान गरिएको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img