spot_img

आज महाशिवरात्रिपर्व,आराध्यदेव भगवान शिवको पूजा आराधना गरी मनाइँदै

- Advertisement -

आज महाशिवरात्रि पर्व,आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशैभर मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो ।

परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सुद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको भनाई छ।

शिवरात्रि पर्व शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको हो । पुराणलगायतका ग्रन्थमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको पाइन्छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

शिवरात्रिको अवसरमा देशैभरका शिवमन्दिरहरुमा भक्तजनहरुको बिहानैदेखि घुँइचो लागेको छ ।

यस्तै बुधबार बिहान २ बजेदेखि नै काठमाडौंमा स्थित पशुपतिनाथका चार ढोका खोलिएको र दर्शनार्थीलाई लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी परिचालन गरिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img