बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४६ करोड रुपैयाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको छ।
बुधबार सम्पन्न गाउँसभाको बैठकमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट पेश गरेकी हुन्।
गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरका अनुसार विगतमा सञ्चालन भएका प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सुशासन तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको छ।
गाउँसभामा प्रस्तुत बजेटमाथि विस्तृत छलफल गरी पारित गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्र विकले जानकारी दिए। उनका अनुसार बजेटमाथिको छलफल तथा आवश्यक निर्णयका लागि गाउँसभाको अर्को बैठक असार १८ गतेका लागि बोलाइएको छ।
प्रस्तुत बजेटले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सुर्नया गाउँपालिकाद्वारा ४६ करोडको बजेट पेश शिक्षा–स्वास्थ्य र कृषिलाई प्राथमिकता
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










