spot_img

बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, १० घाइते

- Advertisement -

बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

धनगढीबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस साँझ करिब ५:४० बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार पाटन नगरपालिका–८ का २७ वर्षीय चालक केशवसिंह महराले चलाएको बस दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको हो । चन्दको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा चालकसहित १२ जना सवार रहेकोमा चालक सकुशल रहेका छन् । दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका–४ का २७ वर्षीया लक्ष्मी ऐरी, सोही ठाउँका आठ वर्षीय हेमविक्रम जोशी, ६० वर्षीया पूर्णदेवी जोशी, २२ वर्षीया पूजा कार्की, दशरथचन्द नगरपालिका–२ देहीमाण्डौ बस्ने २० वर्षीया ललिता लावड, ३२ वर्षीया जानकी लावड, सोही नगरपालिका–८ बस्ने विजयसिंह थापा, वडा नं. ६ बस्ने ३० वर्षीया लक्ष्मी साउद, वडा नं. ५ बस्ने ५२ वर्षीय कर्णदेव भट्ट र पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट रहेका छन् ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img