spot_img

बैतडीमा एसईई ग्रेडवृद्धि परीक्षाको तयारी पूरा

- Advertisement -

जेठ ३१ गते । भोली असार १ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि बैतडीमा सम्पूर्ण तयारी पूरा भएको छ  । माध्यमिक शिक्षा परीक्षा समन्वय समितिको निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले परिक्षाका लागि तीन वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्।

इकाइका सुचना अधिकारी पुष्करराज शर्माका अनुसार विरेन्द्र माध्यमिक विद्यालय शाहीलेक, कृष्ण माध्यमिक विद्यालय पाटन र मणिलेक माध्यमिक विद्यालय काँडामा ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण गरिएको र तीनवटै केन्द्रमा सबै तयारी पूरा भइसकेको छ ।

निर्धारित केन्द्रमध्ये विरेन्द्र मावि र कृष्ण माविमा ५०/५० विद्यालयका तथा मणिलेक माविमा ३३ विद्यालयका परीक्षार्थी सहभागी हुने जनाइएको छ। असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने परीक्षामा ९ सय ६५ छात्रा र ८ सय ४ छात्र गरी कुल १ हजार ७ सय ६९ परीक्षार्थी सहभागी हुनेछन्।

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा बैतडीबाट ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए। उक्त परीक्षामा न्यूनतम उपलब्धि हासिल गर्न नसकेका तथा ग्रेड सुधार गर्न चाहने विद्यार्थीहरू ग्रेडवृद्धि परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img