spot_img

भारतमा रोजगारी गरिरहेका बैतडीका एक पुरुषको निधन

- Advertisement -

 

बैतडी, जेठ २९ गते । रोजगारीका लागि भारत गएका बैतडीका एक पुरुषको निधन भएको छ।
पाटन नगरपालिका–३ कल्तडी, हिउँनया निवासी अन्दाजी ५३ वर्षीय जगदीश भट्टको भारतमा निधन भएको स्थानीयवासी नारद भट्टले जानकारी दिएका छन्।

भारतको चण्डीगढमा रोजगारी गर्दै आएका भट्टको बिहीबार राति ड्युटीमै रहेका बेला मृत्यु भएको बताइएको छ। उनी केही समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित रहेको र अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि निधन भएको जनाइएको छ।

करिब एक वर्षअघि रोजगारीको सिलसिलामा भारत गएका भट्टको असामयिक निधनले परिवार शोकमा परेको छ। परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले विदेशिएका भट्टको निधनको खबरपछि कल्तडी गाउँमा समेत शोक छाएको स्थानीयले बताएका छन्।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img