spot_img

बैतडीको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने

- Advertisement -

बैतडीको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सोमबार जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख पुष्करराज जोशीले वडा नं ९ का अध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का अध्यक्ष जयदत्त पन्तलाई संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो।नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको उक्त एम्बुलेन्स मर्मत गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको जनाएको छ। देहीमाण्डौंमा नयाँ एम्बुलेन्स आएपछि जोशीबुङ्गा स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

जोशीबुङ्गा स्वास्थ्यचौकीमा एम्बुलेन्स भित्रिएसंगै वडा नं ९ र ११ आकस्मिक बिरामी तथा गर्भवती र सुत्केरी आमाहरुलाई सुविधासम्पन्न अस्पतालमा पुर्याउन सहज हुने विश्वास गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताउनुभयो।

दशरथचन्द नगरपालिकाले गएको तीन बर्षदेखि गर्भवती तथा सुत्केरी आमाहरुलाई अन्यत्र अस्पताल लैजानुपरेमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको र त्यसको निरन्तरताका लागि जोशीबुङ्गामा पनि एम्बुलेन्स सेवा उपलब्ध गराइएको हो।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले नगरबासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन नगरपालिकाले काम गरिरहेको बताउनुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img