spot_img

बैतडीमा पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

 

 

केशवराज भट्ट, बैतडी । बैतडीमा पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ । जातीय भेदभाव अन्त्य गर्नका लागि पैरवी गर्ने उद्देश्यसहित सदरमुकाममा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको दलित समाज विकास मञ्चका कार्यक्रम संयोजक सुरेश सेरलाले जानकारी दिनुभयो ।

दलित समाज विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले जातीय छुवाछुत र भेदभाव अन्त्यका लागि सबैले एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

विभिन्न हानिकार प्रथा र प्रचलनका कारण जातीय विभेद र छुवाछुत कायमै रहेकाले यसको अन्त्यका लागि सबैले सक्रिय हुनुपर्नेमा जोड दिइएको कार्यक्रम संयोजक सेरलाले बताउनुभयो ।

जातीय भेदभाव गरेमा सजाय हुने कानुनी व्यवस्था रहेकाले बनेका कानुनहरुको बारेमा सबैलाई जानकारी गराउनुपर्नेमा समेत जोड दिइएको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img