spot_img

पञ्चेश्वरमा आँखा उपचार केन्द्र सञ्चालनमा,गाउँमै आँखा जाँच र उपचारसेवा पाइने

- Advertisement -

 

केशवराज भट्ट, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा आँखा सम्बन्धी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ।गाउँपालिकाको वडा नं. ३ कुलाउमा बिहीबार एक कार्यक्रमका बीच केन्द्रको औपचारिक शुभारम्भ गरिएको हो।

पञ्चेश्वर गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसनको संयुक्त सहकार्यमा स्थापना गरिएको केन्द्रबाट स्थानीय नागरिकले आधारभूत आँखा परीक्षण, परामर्श तथा विभिन्न आँखा रोगको प्रारम्भिक उपचार सेवा गाउँमै प्राप्त गर्न सक्ने भएका छन्।

केन्द्र उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयो। उहाँले अब सामान्य आँखा समस्याका लागि जिल्ला सदरमुकाम वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष बिना भट्टले केन्द्रबाट विशेषगरी ज्येष्ठ नागरिक, विद्यार्थी तथा आर्थिक रूपमा कमजोर परिवार प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो।

गाउँपालिकाका अनुसार केन्द्रमार्फत नियमित आँखा परीक्षण, आँखा रोगको पहिचान, परामर्श तथा आवश्यक उपचारका लागि रेफरल सेवा उपलब्ध गराइनेछ। आगामी दिनमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क आँखा शिविर सञ्चालन गर्ने योजना समेत रहेको जनाइएको छ।

स्थानीयवासीले केन्द्र स्थापना भएपछि आँखा जाँच तथा उपचारका लागि टाढा जानुपर्ने झन्झट कम हुने भन्दै खुसी व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने अभियानअन्तर्गत स्थापना गरिएको यो केन्द्रलाई स्थानीय स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

 

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img