spot_img

चितुवाको आक्रमणबाट एक जना घाइते

- Advertisement -


बैतडी फागुन १२ गते । चितुवाको आक्रमणबाट बैतडीमा एक जना घाइते भएका छन् ।
बाख्रा चराउन जंगल गएको बेला सोमवार मेलौली नगरपालिका वडा ३ का ३८ बर्षीय गणेशसिंह भाट माथि चितुवाले आक्रमण गरी घाइते बनाएको हो।
मेलौली ३ कोलाखोला जंगल क्षेत्र नजिकै सोमबार विहान १०ः३० बजेको समयमा भाटमाथि चितुवाले आक्रमण गरेको मेलौली नगरपालिका ३ का वडा अध्यक्ष गगनसिंह भाटले बताउनुभयो । बाख्रा चराउन जंगलमा गइरहेको अवस्थामा चितुवाले आक्रमण गरी भाटलाई घाइते बनाएको हो।
भाट भाग्न लाग्दा बाघले पछाडिबाट आक्रमण गरेको थियो। बाघले आक्रमण गरेपछि आफूसित भएको हसिंयाले चितुवालाई हानेर आफू भाग्न सफल भएको भाटले बताउनुभयो।
वडा अध्यक्ष भाटले घाइतेलाई गाडीकोे व्यवस्था गरी थप उपचारका लागि पाटन पठाईएको जानकारी दिनुभयो । चितुवा को आक्रमण गरेपछि जंगल छेउछाउका बासिन्दामा त्रासको वातावरण रहेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img