बैतडी फागुन १२ गते । चितुवाको आक्रमणबाट बैतडीमा एक जना घाइते भएका छन् ।
बाख्रा चराउन जंगल गएको बेला सोमवार मेलौली नगरपालिका वडा ३ का ३८ बर्षीय गणेशसिंह भाट माथि चितुवाले आक्रमण गरी घाइते बनाएको हो।
मेलौली ३ कोलाखोला जंगल क्षेत्र नजिकै सोमबार विहान १०ः३० बजेको समयमा भाटमाथि चितुवाले आक्रमण गरेको मेलौली नगरपालिका ३ का वडा अध्यक्ष गगनसिंह भाटले बताउनुभयो । बाख्रा चराउन जंगलमा गइरहेको अवस्थामा चितुवाले आक्रमण गरी भाटलाई घाइते बनाएको हो।
भाट भाग्न लाग्दा बाघले पछाडिबाट आक्रमण गरेको थियो। बाघले आक्रमण गरेपछि आफूसित भएको हसिंयाले चितुवालाई हानेर आफू भाग्न सफल भएको भाटले बताउनुभयो।
वडा अध्यक्ष भाटले घाइतेलाई गाडीकोे व्यवस्था गरी थप उपचारका लागि पाटन पठाईएको जानकारी दिनुभयो । चितुवा को आक्रमण गरेपछि जंगल छेउछाउका बासिन्दामा त्रासको वातावरण रहेको छ।
चितुवाको आक्रमणबाट एक जना घाइते
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









