spot_img

हावाहुरीसहितको असिनाले बैतडीमा तरकारी तथा अन्नबालीमा क्षति

- Advertisement -

बैतडी, जेठ १२ गते । बैतडीमा हावाहुरीसहित परेको असिना पानीले तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको छ। विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रमा बेमौसमी तरकारी खेती तथा उम्रिन लागेका मकै, भटमासलगायत अन्नबालीमा मंगलबार अपराह्न ४ बजेतिर परेको असिनाले ठूलो क्षति गरेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्।

मेलौली नगरपालिका–१, ४, ५, ६ र ७ नम्बर वडामा बढी क्षति भएको वडा नं. १ का अध्यक्ष सरदसिंह नेगीले बताउनुभयो। केही दिनमै गोड्ने तयारीमा रहेको मकै तथा फल्न लागेका टमाटरका बिरुवा असिनाले नष्ट गरिदिएको किसान चिन्तामणि भट्टले जानकारी दिनुभयो।

धेरै मेहनत र लगानी गरेर लगाइएको मकैबाली असिनाले सखाप पारेपछि वर्षभरि मानिस र पशुचौपायालाई पुग्ने खेतीबालीमा ठूलो क्षति पुगेको किसान सुनिता दयालले बताउनुभयो।
मेलौली नगरपालिकाका अधिकांश क्षेत्रमा किसानहरूले लगाएको तरकारी ब्याड, मकै, भटमास, खुर्सानी, भन्टालगायत बालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन्। उम्रिएर गोड्ने बेला भएको गहुँ र जौँबालीसमेत असिनाले नष्ट पारेपछि उत्पादन घट्ने चिन्तामा किसानहरू परेको वडा नं. ४ का अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो।

जिल्लाभर कति क्षति भयो भन्ने पूर्ण विवरण भने अझै संकलन हुन बाँकी रहेको छ। असिना पानीसँगै आएको हावाहुरीपछि बैतडीमा चिसोसमेत बढेको महसुस गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img