spot_img

आईसीसी टी–२० विश्वकप क्रिकेट: न्यूजिल्याण्डमाथि अफगानिस्तानको ऐतिहासिक जित

- Advertisement -

२६,जेठ :अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित दर्ता गरेकाे छ।
ऐतिहासिक जित दर्ता गर्ने क्रममा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले हरायाे ।
अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएको यो पहिलो पटक हो ।

अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १५.२ ओभरमा मात्रै ७५ रन बनाउँदै अल आउट भयो ।

न्यूजिल्याण्डलाई सस्तोमा समेट्न फजाल्हाक फारूकीले र राशिद खान ४/४ विकेट लिए ।न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ र म्याट हेनरीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भए भने गुरबाजले सर्वाधिक ८० रन बनाए ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img