spot_img

पाटन बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्दघाटन

- Advertisement -

बैतडी–बैतडीको पाटन बहुमुखी क्याम्पसको नवनिर्मित चारकोठे भवनको शनिबार उद्दघाटन गरिएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठक र पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले भवनको उद्दघाटन गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक सहयोगमा क्याम्पसको चारकोठे नयाँ भवन निर्माण भएको क्याम्पस प्रमुख विनोद भण्डारीले बताए । ठेक्का प्रक्रियामार्फत उक्त भवन ६४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । आकृति कन्सट्रक्सनले क्याम्पसको भवन निर्माण गरेको हो । 

गत चैतमा एक बर्षभित्र भवन निर्माण गर्ने लक्ष्यसहित ठेक्का गरिएकोमा निर्माण कम्पनीले म्याद सकिनु अगावै भवन निर्माण कार्य सम्पन्न गरेको क्याम्पस प्रमुख भण्डारीले बताए ।  क्याम्पसको नयाँ भवन निर्माण भएपछि अब पठनपाठनका लागि सहज भएको छ । 

पाटन बहुमुखी क्याम्पस २०७५ सालमा सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भएको थियो । क्याम्पसमा अहिले शिक्षा शास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाई हुने गरेको छ । 
क्याम्पसमा २ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रमुख भण्डारीले बताए ।  क्याम्पसको भवन उद्दघाटन कार्यक्रममा रजिष्टार पाठक, नगर प्रमुख रावल, पाटन–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, क्याम्पसका प्राध्यापक, विद्यार्थी र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img