बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट बैतडीमा हुने भएकाे छ।
यही फागुन ११ गतेदेखि सुरू हुने प्रतियोगिताका खेलहरू बैतडीको दशरथचन्द नगरपालिका-५ सुन्दरखालीमा रहेकाे दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।
आठ टाेली सहभागी हुने प्रतियोगिताका खेलहरू प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन्।
प्लेट च्याम्पियनसिपका खेलहरू फागुन ११ गतेदेखि र फागुन १४ गतेदेखि एलाइट कप सञ्चालन हुनेछ ।
प्लेट च्याम्पियनसिपकाे उद्घाटन खेलमा फागुन ११ गते
बझाङ र दार्चुला भिड्नेछन्। साेही दिन हुने अर्काे खेलमा डडेल्धुरा र डाेटी खेल्नेछन्।
फागुन १२ गते पहिलाे खेलमा दार्चुला र डाेटी भिड्दा दाेस्राेमा डडेल्धुरा र बझाङ आमनेसामने हुनेछन्।
फागुन १३ गते हुने पहिलाे खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दाेस्राेमा बझाङ र डाेटीबीच भिडन्त हुनेछ ।
प्लेट च्याम्पियनसिपकाे च्याम्पियन टाेली एलाइट कपका लागि छनाैट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयो ।
फागुन १४ गते हुने एलाइट कपकाे उद्घाटन खेलमा बैतडी र अछाम भिड्नेछन् ।
फागुन १५ गते प्लेट च्याम्पियन र अछाम,फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर , फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन ,फागुन १९ गते कैलाली र अछाम,फागुन २० गते प्लेट च्याम्पियन र कैलाली,फागुन २१ गते बैतडी र कञ्चनपुर,फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्नेछन् ।
फागुन २४ गते प्रतियोगिताकाे शिर्ष दुई टाेलीबीच फाइनल भिडन्त हुनेछ ।
प्रदेशस्तरीय छनाैट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली तयार गरिनेछ ।











