spot_img

अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका वडाध्यक्षको हृदयाघातका कारण मृत्यु

- Advertisement -

राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वीनवलपरासीको कावासोती नगरपालिका– १ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको छ ।

राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिवसमेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए ।

तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन् । मियाको उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img