बैतडी:बैतडीको पाटन नगरपालिका वडा नं ८ खोडपेमा आज ३० औँ जनयुद्ध दिवस मनाइएको छ ।
पाटन नगरकमिटिको आयोजनामा जनयुद्ध दिवस मनाइएको हो । जनयुद्ध दिवसको अवसरमा एक आपसमा सुभकामना आदानप्रदान गरिएको र जनयुद्धले ल्याएको परिवर्तनमा विषयमा चर्चा गरिएको वडा नं ८ का वडा अध्यक्ष एवं माओवादी केन्द्रका पाटन नगरकमिटि इन्चार्ज हरिश बिष्टले जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष बिष्टसहित वडा नं ९का वडा अध्यक्ष कालु सिंह भाट, पाटन नगरकमिटि अध्यक्ष राम सिंह बिष्ट एवं माओवादी केन्द्रमा आवद्ध नेता कार्यकर्ता लगायत सुभेच्छुकको सहभागिता रहेको थियो ।
बैतडीको खोड्पेमा मनाइयो जनयुद्ध दिवस
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









