बैतडी, फागुन २ । बैतडीका पा“च ओटा स्थानीय तहले बित्तीय सुशासन जोखिम मूल्यांकन नतिजामा मध्यम जोखिम श्रेणी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहको नतिजामा पा“च ओटा न्यून जोखिम भएको श्रेणीमा परेका हुन् ।
जिल्ला समन्वय समिति बैतडीले सार्वजनिक गरेको नतिजा अनुसार पा“च स्थानीय तह मध्यम जोखिममा परेका हुन् । जिल्लाको पाटन नगरपालिका ६३.५० अंक, दशरथचन्द नगरपालिका ६७, सिगास गाउ“पालिका ७८.५०, डिलाशैनी ५५ र पञ्चेश्वर ६२ अंक प्राप्त गरेको छ । मध्यम जोखिमको पनि सबैभन्दा कम अंक डिलासैनी गाउ“पालिकाकाले प्राप्त गरेको छ ।
न्यून जोखिमको पहिलो स्थानमा रहेको शिवनाथ गाउ“पालिकाले ८९.५० अंक, सूर्नया गाउ“पालिकाले ८६.५०, दोगडाकेदार गाउ“पालिकाले ८६, पुर्चौडी नगरपालिका ८१.५० र मेलौली नगरपालिकाले ८० अंक प्राप्त गरेको जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो ।
जोखिम लेखाजोखाको वर्गीकरण ० देखि ४० सम्म उच्च जोखिम ४० माथि ८० अंकसम्म ल्याउने स्थानीय तहलाई मध्यम जोखिम र ८० माथि ल्याउनेलाई न्यून जोखिममा राखिने गरेको छ ।
स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७७ अनुसार यो नतिजाको सार्वजनिक गरिएको हो । स्थानीय तहमा हुने आर्थिक अनियमितता एवं वित्तीय जोखिम घटाउन संघीय सरकारले कार्यविधि बनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह सुशासन वित्तीय जोखिम मूल्यांकन कार्यविधि–२०७७’ बनाएको हो ।
यसमा नीति तथा कार्यक्रम र बजेट समयमै नगर सभामा पेश गरेर पारित गरे नगरेको । राजस्व व्यस्थापन, ३० प्रतिशत भन्दा कम ५ लाखका योजना भए नभएका, अगाडि दुई वर्षको योजना बजेट प्रक्षेपण गरे नगरेको, जिन्सी आम्दानी बा“धी लगत राखेको, प्रयोग गरेको सहायक खाता राखेको । संघ प्रदेशबाट प्राप्त मार्ग निर्देशन पालन गरेको लगायत सूचक छन् ।
गत आर्थिक वर्षको वित्तिय समानीकरण अनुदान प्रशासनिक खर्चमा प्रयोग भए, नभएको, कार्यपालिका बैठक महिनाको कम्तीमा एक पटक बसे नबसेको । चालु आर्थिक बर्षको बजेट सभाबाट पारित भएको सात दिनभित्र नगर प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी दिए नदिएकोलगायतका विषयमा अध्ययन गरेर अंक दिइने गरेको छ ।
कसरी हुन्छ मूल्यांकन ?
प्रक्रियाको जोखिम, नतिजाको जोखिम, वित्तीय अनुशासनको जोखिम गरी सूचकको तीन वटा तह निर्धारण गरिन्छ । प्रक्रियाको जोखिममा कानुनी प्रक्रियाको उल्लंघन, नतिजाको जोखिममा सार्वजनिक स्रोतको प्रयोग जनताको जीवनस्तरलाई सकारात्मक प्रभाव पर्ने खालको नहुने र वित्तीय अनुशासनको जोखिमलाई सार्वजनिक सम्पत्ति र स्रोतको प्रयोग निजी फाइदाका लागि हुने भन्ने जनाउ“छ । प्रक्रियाको ५३ प्रतिशत भार अनुपात, नतिजाको १३ प्रतिशत र वित्तीय अनुशासनको ३४ प्रतिशत भार अनुपात हुनेछ । प्रत्येक सूचकको १ पूर्णाङ्क निर्धारण गरिएको छ । यसमा ०.५ देखि १ अंकसम्म दिइने छ ।
प्रत्येक वर्षको असार १० भित्र वार्षिक बजेट, आर्थिक ऐन सभामा पेश गर्ने र असार मसान्तसम्म सभाबाट पारित भएको, आगामी आर्थिक वर्षका लागि आयव्ययको प्रक्षेपण गरी यससम्बन्धी प्रतिवेदन प्रत्येक वर्षको पौष मसान्तसम्म संघीय अर्थ मन्त्रालयमा पेश गरेकोलगायत एक सय सूचक छन् ।
स्थानीय तहले पाउने अंकको आधारमा जोखिमलाई तीन तहमा विभाजन गरिनेछ । ४० सम्म अंक भार पाउनेलाई उच्च जोखिम, ४० देखि ८० सम्मको अंक भार पाउनेलाई मध्यम जोखिम र ८१ भन्दा माथि पाउने स्थानीय तहलाई न्यून जोखिम भएको मानिनेछ ।











