spot_img

गरिब विद्यार्थीका अभिभावक बन्दै, उपप्रमुख चन्द

- Advertisement -

बैतडी :बैतडीकि निशा दमाईले ६० हजार शुल्क तिर्न नसक्दा रोकिएको सर्टिफिकेट ४ वर्षपछि प्राप्त गर्यो ।
दशरथचन्द नगरपालिका –१०, बाराकोटस्थित कृषि प्राविधिक विषयको पढाइ हुने दानेश्वर माविबाट कृषि जेटिए पढेर पास हुुनुभएकी निशा दमाईले विद्यालयमा ६० हजार शुल्क तिर्न नसक्दा सर्टिफिकेट रोकिएको थियो । दशरथचन्द नगरपालिका उपप्रमुखले माघ २९ गते विद्यालयको खातामा रकम जम्मा गरिदिएपछि निशाले सर्टिफिकेट पाउनुभयो ।

उपप्रमुख चन्दले आफूले पाउने सेवा सुविधाको रकमले निशा दमाईसँगै पाँच जना गरिब र दलित विद्यार्थीको शुल्क तिरेर सर्टिफिकेट उपलब्ध गराएको बताउनुभयो । उहाँको जस्तै शुल्क तिर्न नसक्दा समस्यामा परेका अन्य छात्रा सपना दमाई, ज्योति थापा, दिपा रावल र रविना थापाको पनि उपप्रमुखले शुल्क तिरिदिनुभयो ।

छोरीको भविश्य निर्माणका लागि उपप्रमुखले ठुलो गुन लगाउनुभएको निशाकी आमा एकल महिला हिरा दमाईले बताउनुभयो । सर्टिफिकेट प्राप्त गरेपछि लोकसेवाको तयारी गर्ने निशाको लक्ष्य छ । उहाँको परिवार ज्याला मजदुरी गरेर छाक टार्दै आएको छ ।

उपप्रमुखले पाँच जना विद्यार्थीको शुल्क विद्यालयको खातामा जम्मा गरेपछि सोमबार विद्यार्थी र अभिभावक बोलाएर सर्टिफिकेट हस्तान्तरण गरिएको दानेश्वर माविका प्रधानाध्यापक हर्कसिंह बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अघिल्लो नगर सरकारले शुल्क तिरिदिने सर्तमा विद्यार्थी भर्ना भएका हुन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि सरकार परिवर्तन भएसँगै कार्यविधि नबनेको भन्दै नगरपालिकाले शुल्क दिन मानेन । उपप्रमुखले आफूले पाउने मासिक सुविधाको रकमबाट शुल्क बिुझाएपछि कार्यक्रम आयोजनागरी सर्टिफिकेट वितरण गरेका हौं ।”

विद्यार्थीको शुल्क नगरपालिकाले तिरिदिनु पर्ने भन्दै शिक्षक पटक–पटक नगरपालिका धाउने गरेको उपप्रमुख कौशिला चन्दले बताउनुभयो । समस्या बुझ्दै जाँदा अत्यन्तै गरिब घरपरिवारका विद्यार्थी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ विद्यार्थीको शुल्क तिर्ने नगरपालिकामा कार्यविधि नभएकाले रकम दिन पनि गाह्रो भयो । मैले पाउने सेवा सुविधाबाट प्राविधिक शिक्षा पढ्ने विद्यार्थीका लागि खर्च गर्न कोष बनाएकाले त्यही कोषबाट शुल्क तिरेकी हुँ ।”

दानेश्वर माध्यमिक विद्यालयले २०७५ सालदेखि निजी स्रोतका शिक्षक राखेर १८ महिने कृषि प्राविधिक विषयको पढाइ सुरु गरेको थियो । सुरुको शैक्षिकसत्रमा ६० हजार, दोस्रोमा ४०, तेस्रोमा ३० र अहिले एक जना शिक्षकको तलब नगरपालिकाले दिन थालेपछि १८ महिनाको १५ हजार शुल्क लिने गरेको प्राविधिक शिक्षक रमेशचन्द्र भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले त विद्यार्थी सङ्ख्या घटेर आठ जना मात्र अध्ययनरत छन् । सुरुको शैक्षिकसत्रमा ३६ जना थिए । त्यसपछि घट्दै दोस्रो शैक्षिकसत्रमा २४, तेस्रोमा २१, चौथोमा २२, पाँचौंमा २१ र अहिले छैटौं शैक्षित्रसत्रमा जम्मा आठ जना मात्र विद्यार्थी अध्ययनरत छन्

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img