spot_img

बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः चन्द निर्विरोध

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -


केशवराज भट्ट, वाशुलिङ्ग,बैतडी, वैशाख २६ गते । बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा सुरेश चन्द पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न संघको १८औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट चन्दको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा नरीसिंह भाट, द्वितीय उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, महासचिवमा विकास चन्द, सचिवमा पूर्णबहादुर टेर तथा कोषाध्यक्षमा राजेन्द्रबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा रमेशबहादुर चन्द, भुवन जोशी, अमित रावल, राजेन्द्रप्रसाद भट्ट, भुवनराज भट्ट, सरस्वती लेखक, सुधीरप्रसाद भट्ट र सुरज चन्द चयन हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले निर्माण व्यवसायलाई व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउँदै जिल्लामा गुणस्तरीय पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img