spot_img

मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना,तल्लोसोराडक्षेत्रका नागरिकलाई राहत

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -


केशवराज भट्ट, बाशुलिङ् , बैतडी, वैशाख २४ गते ।

बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनगरिएको छ । (बिहीबार) आजदेखि औपचारिक रुपमा सेवा सञ्चालन गरिएको हो ।

बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकले अब सामान्य प्रशासनिक सेवा लिनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यताबाट राहत पाउने भएका छन् ।

जिल्लाको मेलौली नगरपालिकामा स्थापना गरिएको इलाका प्रशासन कार्यालयले (बिहीबार) आजदेखि औपचारिक रूपमा सेवा सञ्चालन भएपछि स्थानीयवासीमा उत्साह छाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले एक समारोहका बिच इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनका क्रममा मेलौली नगरपालिका ७ का दिपक अवस्थीलाई नागरिकता प्रमाणपत्र–पत्र प्रदानगरेर इलाका प्रशासन कार्यालय मेलौलीको सेवा शुभारम्भ गरिएको छ ।

मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भए सँगै बैतडीका मेलौली नगरपालिका,पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका पुरै वडा र पाटन नगरपालिकाका केही वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईकाले स्थानीय नागरिकहरुलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको बताउनुभयो । अब सामान्य कामका लागि नागरिकले दिनभरि यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने अवस्था क्रमशः अन्त्य हुनेछ, उहाँले भन्नुभयो ।

स्थानीयवासी करन सिंह नेगीले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने तथा सच्याउने सामान्य कामका लागि समेत सदरमुकाम पुग्नुपर्दा समय र खर्च दुवै व्यहोर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब सेवा आफ्नै क्षेत्रमै उपलब्ध हुने भएपछि नागरिकमा खुशी छाएको बताउनुभयो ।इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्टले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नभयो ।

विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रशासनिक सेवा लिन सदरमुकाम पुग्न निकै कठिन हुने गरेको थियो ।सडक यातायात, समय र अतिरिक्त खर्चका कारण सेवाग्राहीले सास्ती खेप्दै आएका बेला मेलौलीमै इलाका प्रशासन कार्यालय सञ्चालन हुनु तल्लोसोराड क्षेत्रका नागरिकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

स्थानीय तह नजिकैबाट प्रशासनिक सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको पहुँच बढ्नुका साथै सरकारी सेवाप्रतिको विश्वास समेत थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img