spot_img

घरको छतबाट खसेर मजदुरको मृत्यु

- Advertisement -

बैतडीको शिवथान गाउँपालिका–६ सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ। बर्दिया जिल्ला बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारुको मृत्यु भएको हो।

थारु पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत मजदुर थिए र सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरमा भाडामा बस्दै आएका थिए। उनीसँगै उनका भतिज गुरीलाल थारु पनि सोही घरमा बस्ने गरेका थिए।

आज बिहान करिब ३–४ बजेतिर बाथरुम जाने क्रममा छतबाट लड्दा उनको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिएका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img