spot_img

बैतडीले सुरु गर्‍यो कांग्रेसको ‘जरा अभियान’, सदस्यता अद्यावधिकमा जोड

- Advertisement -

केशव भट्ट, बैतडी वैशाख १९ गते । नेपाली कांग्रेस बैतडीले पार्टीले संचालन गरेको ‘जरा अभियान’ अन्तर्गत सुदूरपश्चिम प्रदेशमै पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन तथा पार्टीभित्र देखिएका कमजोरीको आत्मसमीक्षा गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘जरा अभियान’ अन्तर्गत सुदूरपश्चिम प्रदेशमै पहिलो कार्यक्रम बैतडीले गरेको छ ।

सुदूरपश्चिमका नौ जिल्लामध्ये बैतडीले सबैभन्दा पहिला अभियानसम्बन्धी विस्तारित जिल्ला भेला सम्पन्न गर्दै पार्टी संगठनलाई पुनः सक्रिय र चलायमान बनाउने सन्देश दिएको हो ।

कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको सभापतित्व र केन्द्रीय सदस्य सन्तोषी साउद ऐरीको सहभागीतामा शनिबार बैतडीकोस्थित सम्पन्न भेलामा जिल्ला, पालिका तथा वडा तहका सबै नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार सञ्चालन गरिएको ‘जरा अभियान’ लाई संगठनको आधार तहसम्म पुगेर पार्टीभित्र देखिएका समस्या पहिचान गर्ने, सदस्यता अद्यावधिकलाई व्यवस्थित बनाउने तथा कार्यकर्तामा नयाँ उत्साह भर्ने अभियानका रूपमा कार्यक्रमलाई हेरिएको सहभागीले बताएका छन् ।

भेलामा बोल्दै नेताहरूले पछिल्लो प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीभित्रैबाट असहयोग र अन्तरघातका गतिविधि भएको र अब त्यस्ता प्रवृत्तिमाथि गम्भीर समीक्षा आवश्यक रहेको बताउनभएको थियो ।

आफ्नै उम्मेदवारलाई असहयोग गर्ने तथा पार्टी हितविपरीत गतिविधिमा संलग्न व्यक्तिको सदस्यता अद्यावधिकसमेत पुनर्विचार गर्नुपर्ने आवाज कार्यक्रममा उठेको थियो ।

नेताहरूले केही व्यक्तिको असन्तुष्टि वा कमजोरीका कारण समग्र पार्टीलाई नै क्षति पुग्ने गतिविधि लोकतान्त्रिक संस्कारअनुकूल नहुने धारणा राखेका थिए । संगठनलाई कमजोर पार्नेभन्दा बलियो बनाउने दिशामा सबै एकजुट हुनुपर्ने उहाहरूको जोड थियो ।

जिल्ला सभापति चन्दले नेपाली कांग्रेस लोकतन्त्र, विधि र जनादेशमा विश्वास गर्ने पार्टी भएकाले जनताले दिएको भूमिकाअनुसार सरकार वा प्रतिपक्ष दुवै भूमिकामा जिम्मेवार ढंगले काम गर्दै आएको बताउनुभयो । उहाँले पार्टीप्रति प्रतिबद्ध सबै नेता तथा कार्यकर्तालाई सदस्यता अद्यावधिक गरी संगठन सुदृढीकरण अभियानमा जोडिन आग्रह गर्नुभएको थियो ।

केन्द्रीय कार्यसमिति सदस्य सन्तोषी साउद ऐरीले पार्टीलाई बलियो बनाउने मुख्य जिम्मेवारी पालिका तहका प्रतिनिधिहरूमाथि रहेको बताउनभयो ।

उहाले बैतडी कांग्रेसका सभापति चन्द सक्षम र प्रभावशाली नेता भएको उल्लेख गर्दै उनको पराजयले सिंगो संगठनलाई असर पुगेको धारणा राख्नुभएको थियो ।

प्रतिष्ठित र सक्षम व्यक्तिलाई अन्तरघात गरेर हराउनु पार्टीका लागि दीर्घकालीन क्षति हो, उहाले भन्नुभयो पार्टीलाई धोका दिने जो–कोहीमाथि पनि आवश्यक कारबाही हुन सक्छ ।

ऐरीले बैतडीका १० वटै स्थानीय तहमा पुगेर पार्टीभित्रका समस्या, असन्तुष्टि र संगठनात्मक अवस्थाबारे बुझ्ने प्रयास गरिने बताउनभयो ।

‘जरा अभियान’ले तल्लो तहका समस्या पहिचान गरी समाधानका लागि वातावरण बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसले अभियानमार्फत संगठनको ‘जरा’ बलियो बनाउने, सदस्यता प्रणालीलाई व्यवस्थित गर्ने र जनस्तरमा पार्टीप्रतिको विश्वास पुनः मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img