spot_img

घरदैलो अभियानमार्फत विद्यार्थी भर्ना कार्यक्रम सुरु

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -


वासुलिङ बैतडी, वैशाख १५ गते । नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै बैतडीका विभिन्न सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम सुरु गरेका छन् । अभिभावकको घट्दो आकर्षणका कारण चुनौतीमा परेका सामुदायिक विद्यालयहरूले सम्बन्ध सुधार र गुणस्तर उकास्ने लक्ष्यसहित यस्तो अभियान थालेका हुन् ।
दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक माध्यमिक विद्यालय गुरुखोला, निङ्गलाशैनी माध्यमिक विद्यालय देहीमाण्डौं तथा विरेन्द्र माध्यमिक विद्यालय साहिलेक लगायतका विद्यालयहरुले घरदैलो अभियान अघि बढाएका छन् ।

यस्तै, सुर्नया गाउँपालिका–४ स्थित उदयदेव माध्यमिक विद्यालय पालिगडाले पनि नयाँ शैक्षिक सत्रका लागि घरदैलो अभियानसहित भर्ना कार्यक्रम सुरु गरेको विद्यालयका प्रधानाध्यापक वीरसिंह साउदले जानकारी दिनुभयो । यसैगरी बाशुदेव माध्यमिक विद्यालय लिस्कीटा, शंकर संस्कृत माध्यमिक विद्यालय मूलखटाली र रौलेश्वर माध्यमिक विद्यालय राम्की बरायलले पनि भर्ना अभियानलाई तीव्र बनाएका छन् ।

अभियानमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा सरोकारवाला सहभागी भई सेवा क्षेत्रका प्रत्येक टोलमा पुगेर अभिभावकसँग प्रत्यक्ष संवाद गरिरहेका छन् । सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउने, बालबालिकालाई समयमै विद्यालयमा भर्ना गराउन प्रेरित गर्ने तथा शैक्षिक सुधारका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको सहभागी शिक्षक धिरबहादुर मडैले बताउनुभयो ।

उहाँका अनुसार घरदैलोमार्फत विद्यालयले चालु शैक्षिक सत्रमा अघि सार्ने नयाँ कार्यक्रम, शैक्षिक सुधारका योजना र उपलब्ध सुविधाबारे अभिभावकलाई जानकारी गराइँदैछ । यसले अभिभावकमा सकारात्मक दृष्टिकोण विकास भई विद्यार्थी सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

सामुदायिक विद्यालयप्रति घट्दो चासोका कारण सिर्जित संकट अन्त्य गर्न अभिभावक सँगको सम्बन्ध सुदृढ बनाउने, विश्वास कायम गर्ने र शिक्षण–सिकाइको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको विद्यालयहरूले जनाएका छन् ।

घरदैलो अभियानका क्रममा अभिभावकहरूबाट विद्यालय सुधारका लागि सुझावसमेत सङ्कलन गरिँदै आएको छ । साथै आफ्ना नानीबाबुहरू लाई समयमै विद्यालयमा भर्ना गराउन अभिभावकलाई आग्रह गरिएको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img