back to top
Home मुख्य समाचार लामो समयपछि पछि सुर्नयामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

लामो समयपछि पछि सुर्नयामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

0
121

बैतडीको सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र विक हाजिर भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला हुलाक कार्यालय कैलालीमा कार्यरत शाखा अधिकृत विकलाई गएको माघ २ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो ।

मन्त्रालयले खटाएको तीन महिनापछि मात्रै उनी गाउँपालिकामा हाजिर भएका हुन् ।

गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु रोकिएका थिए । नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै आर्थिक तथा प्रशासनिक कामहरु अघि बढ्ने विश्वास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here