spot_img

सुर्नया गाउँपालिकामा शोक बिदा

- Advertisement -


बैतडी , वैशाख १४ गते । सुर्नया गाउँपालिकाले वडा सदस्य दानसिंह ऐरीको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज शोक बिदा दिएको छ।


गाउँपालिकाले जारी गरेको सूचनामा वडा नं. २ का वडा सदस्य तथा गाउँसभा सदस्य ऐरीको वैशाख ११ गते निधन भएकाले शोक बिदा दिइएको उल्लेख गरिएको छ। उनकाे निधनले गाउँपालिका परिवार स्तब्ध भएको जनाइएको छ ।


शोक बिदाका अवसरमा गाउँपालिकाभित्रका सबै वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने बताइएको छ ।
घरमै भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएका ऐरीलाई उपचारका लागि धनगढी लगिएको थियो । उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो ।


ऐरी २०७९ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img