back to top
Home मुख्य समाचार बैतडीमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुँदै

बैतडीमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुँदै

0
75

बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ।

निङ्गलाशैनी योग साधना केन्द्र देहीमाण्डौंको आयोजनामा वैशाख १८ गतेदेखि २२ गतेसम्म शिविर सञ्चालन गर्न लागिएको साधना केन्द्रका अध्यक्ष विरसिंह बोहराले जानकारी दिनुभयो।

‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सञ्चालन हुने शिविरले मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। साधना केन्द्रका सुरेन्द्र बोहराका अनुसार योगप्रति नागरिकलाई आकर्षित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो।

शिविरमा साध्वी देवकृपाज्यूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने उक्त शिविरमा सहभागी हुन इच्छुक सबैलाई आमन्त्रण गरिएको छ।

निङ्गलाशैनी योग साधना केन्द्रले पछिल्लो समय निरन्तर रूपमा यस्ता योग विज्ञान शिविर सञ्चालन गर्दै आएको छ। नागरिकको मानसिक र शारीरिक स्वास्थ्य सुदृढ बनाउन योगको महत्वपूर्ण भूमिका रहने आयोजकको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here