spot_img

बैतडीमा २ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट

- Advertisement -

बैतडीमा अवैध रूपमा भन्सार छलेर भित्र्याइएका अखाद्य सामग्री नष्ट गरिएको छ। गएको चैत २९ गते सशस्त्र प्रहरीले पञ्चेश्वरको विनायक घाटबाट नेपालतर्फ ल्याउँदै गरेको करिब २१ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामग्री बरामद गरेको थियो।

बरामद गरिएका सामग्रीमध्ये २ लाख ११ हजार ७५० रुपैयाँ बराबरका अखाद्य वस्तु शुक्रबार नष्ट गरिएको महाकाली भन्सार कार्यालय झुलाघाटका लेखापाल देवराज रानाले जानकारी दिनुभयाे। आयातमा प्रतिबन्धित, लेबलविहीन तथा उत्पादन र उपभोग्य मिति उल्लेख नभएका सामग्री जलाएर नष्ट गरिएको उहाँले बताउनुभयाे।

नष्ट गरिएका सामग्रीमा पेप्सी, माउन्टेन ड्यु, जेरी कलर, सल्फास, नवान, बगडौन, नम्कीन, कुरकुरे, अचारलगायतका वस्तु रहेका छन्। ती सामग्री सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीले जनाएको छ।

खुला सीमा नाकाका कारण तल्लोसोराड क्षेत्रमा अवैध सामग्री भित्रिने क्रम बढेकाले सीमा क्षेत्रमा निगरानी कडा पारिएको गुल्मपति जंगबहादुर कुँवरले बताउनुभयाे । उक्त क्षेत्रमा विभिन्न घाटमार्फत डुंगाबाट महाकाली नदी वारपार गर्ने गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img