spot_img

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

- Advertisement -


केशवराज भट्ट, वासुलिङ्ग बैतडी, वैशाख १० गते । मनसुनको समयमा हुन सक्ने प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–४ छेलामा बिहीबार उक्त बेस स्थापना गरिएको हो । विपद्जन्य घटनामा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले बेस स्थापना गरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १५ जनाको टोली परिचालन गरिनेछ । बाढी, पहिरो, आगलागीलगायतका विपद्जन्य घटनामा परेकाहरूको उद्धारका लागि तालिमप्राप्त जनशक्ति तथा आवश्यक सामग्रीसहित बेस चौविसै घण्टा तयारी अवस्थामा रहने जनाइएको छ ।

“मनसुन सक्रिय हुने समय नजिकिँदै गएको छ । यस अवधिमा हुन सक्ने विपद्जन्य घटनामा तुरुन्त उद्धार गर्न जनशक्ति तयारी अवस्थामा राखिएको छ, सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो, “आवश्यक परेको खण्डमा तत्काल परिचालन हुने व्यवस्था मिलाइएको छ ।

यसैबीच, कार्यक्रममा बोल्दै बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारी, सचेतना र सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img