spot_img

बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

- Advertisement -

बैतडी, वैशाख ५ गते । बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत वैशाख ६ र ७ गते जिल्लाभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत १२ देखि ५९ महिनासम्मका २० हजार ४ सय ८३ जना बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

कार्यक्रम सफल पार्न जिल्लाभर ८३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ । स्वयंसेविकाहरूले टोलटोलमा पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सहभागी गराउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले अभिभावकसँग आग्रह गर्नुभएको छ ।

पहिलो दिन छुटेका बालबालिकालाई दोस्रो दिन पनि औषधि खुवाइने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img