spot_img

हल्दुबिनायकबाट २१ लाखभन्दा बढीका किराना सामान बरामद

- Advertisement -

बैतडी, चैत २९ गते ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ हल्दुबिनायक क्षेत्रबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध किराना सामान नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मको टोलीले नियमित गस्तीका क्रममा एक थान बोलेरो पिकअप र एक थान ट्र्याक्टरमा लोड गरिएका उक्त सामान बरामद गरेको हो।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले परिचालित टोलीले शंकास्पद अवस्थामा रहेका सवारी साधनलाई जाँच गर्दा ठूलो परिमाणमा किराना सामग्री फेला परेको बताइएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूको मूल्य २१ लाख रुपैयाँभन्दा बढी रहेको प्रारम्भिक अनुमान गरिएको छ। आवश्यक कागजातबिनै ओसारपसार गरिँदै गरेको पाइएपछि सामानसहित सवारी साधन नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय झुलाघाटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। यस घटनापछि सीमा क्षेत्रमा हुने अवैध व्यापार तथा चोरी तस्करी नियन्त्रणमा थप कडाइ गरिने सुरक्षा निकायले उल्लेख गरेको छ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएकाले सुरक्षाकर्मीले निगरानी तीव्र बनाएका छन्। स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यमा अवैध ओसारपसार रोक्न थप प्रयास भइरहेको बताइएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img