बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको दोस्रो गाउँसभा आज सम्पन्न भएको छ। विभिन्न कारणले पटक–पटक स्थगित हुँदै आएको सभा अन्ततः सम्पन्न गरिएको हो ।
सभाबाट गाउँकार्यपालिकाले गत असार १७ गतेयता गरेका सबै निर्णयहरू अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिनुभयो ।
यसैगरी, सभाले ‘वातावरण संरक्षण ऐन, २०८२’ पारित गरेको छ। गाउँपालिकाभित्र वातावरणीय संरक्षणलाई व्यवस्थित बनाउन उक्त ऐन ल्याइएको जनाइएको छ ।
त्यसैगरी, भौतिक पूर्वाधार शाखामा कार्यरत प्राविधिक कर्मचारीका लागि फिल्ड भत्ता सम्बन्धी कार्यविधि २०८२ समेत स्वीकृत गरिएको छ। साथै, लेखा समिति गठन गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा पारित गरेको जनाइएको छ ।











