spot_img

पुर्चौडीमा कमजोर इन्टरनेटले विद्यालयको कामकाज प्रभावित

- Advertisement -

IEMIS प्रणाली सञ्चालनमा अवरोध
बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा गुणस्तरीय इन्टरनेट सेवा अभाव हुँदा विद्यालय क्षेत्रमा प्रयोग हुने एकीकृत शिक्षा व्यवस्थापन सूचना प्रणाली (IEMIS) प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। नेपाल टेलिकमको कमजोर फोरजी सेवाका कारण अधिकांश अनलाइन कार्य अवरुद्ध भएका छन्।

शिक्षकहरूका अनुसार तलबी माग फारम भर्ने, विद्यार्थीहरूको नतिजा प्रकाशन गर्ने, मार्कसिट तयार पार्ने लगायतका काममा निरन्तर समस्या भइरहेको छ। इन्टरनेट अस्थिर हुँदा विद्यालयका दैनिक प्रशासनिक तथा शैक्षिक गतिविधि नै प्रभावित बनेका छन्।

डिलेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरेन्द्र धानुकले फोरजी सेवा प्रभावकारी नहुँदा विद्यालयका अधिकांश काम ठप्पजस्तै भएको बताउनुभयो। उहाँका अनुसार हाजिरी प्रविष्टि, नतिजा प्रकाशनदेखि शिक्षकको तलबी माग फारमसम्मका काम प्रभावित भएका छन्।

पुर्चौडी नगरपालिकाका शिक्षा शाखाका कम्प्युटर अपरेटर करन भण्डारीका अनुसार विद्यालयसम्बन्धी विवरण अनलाइन प्रणालीबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि कमजोर इन्टरनेटका कारण सो कार्य प्रभावकारी रूपमा हुन सकेको छैन। स्थानीय तहमा भरपर्दो इन्टरनेट सेवा नहुँदा डिजिटल शिक्षा व्यवस्थापन कार्यान्वयनमा थप चुनौती देखिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img