दार्चुलामा जिप दुर्घटनामा परी सिँचाइ कार्यालय दुई कर्मचारीको मृत्यु

- Advertisement -

चैत्र १७ गते । दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ।

मृतकमा महाकाली नगरपालिका–६ निसिल घरभई कार्यालयमा कार्यरत अधिकृत ईन्जिनियर मनिसा चन्द पाल र शैल्यशिखर नगरपालिका–१ बारिल घरभई कार्यालयमा कार्यरत सिनियर (एओ) भरतबहादुर तितरा रहनुभएको छ।

कर्मचारीहरू योजनाहरूको अनुगमन तथा नापजाँचका लागि शैल्यशिखर नगरपालिका–४ काडापारीबाट ओसिलतर्फ जाँदै गर्दा सुपप्र–००१ ज १६४१ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो। दुर्घटनास्थलमै उहाँहरूको मृत्यु भएको वडा अध्यक्ष रामसिंह ठगुन्नाले जानकारी दिनुभयो।

जिपमा सवार अन्य चार जनाले घाइते भएका छन्। घाइतेहरूमा मालिकार्जुन गाउँपालिका–५ डाडाकोट घरभई कार्यालय सहयोगी पदमा कार्यरत मिनबहादुर पाल, जिप चालक प्रकाशसिंह ठगुन्ना, तथा स्थानीय विक्रमसिंह महर र अकबर महर रहनुभएको छ। घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। दुर्घटना मङ्गलबार बिहान ९ बजेतिर भएको हो।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश