back to top
Home जीवनशैली ‘प्रधानमन्त्री टिकटकरहरूसँग व्यस्त भएपछि आफ्नो काम नै बिर्सिनुभएछ’

‘प्रधानमन्त्री टिकटकरहरूसँग व्यस्त भएपछि आफ्नो काम नै बिर्सिनुभएछ’

0
80

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले टिकटकरहरूसँग व्यस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो काम नै बिर्सिएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सम्पत्ति विवरण सार्जजनिक गर्ने काम नै प्रधानमन्त्रीले बिर्सिएको बताए । 

‘प्रधानमन्त्रीजी अहिले ‘ढले ढले’ गीत सुनिराख्नु भएको छ । टिकटकरहरूसँग व्यस्त हुनुहुन्छ । यही व्यस्तताले यहाँले एउटा काम गर्न बिर्सिनुभएको छ । म उहाँलाई सम्झाउँछु । नयाँ सरकार बनेको महिनौँ भइसक्यो, तर मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन,’ उनले भने । 

मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइलहरू खुल्ने आशा गर्नु नै बेकार भएको उनले बताए । ‘सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस् । मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरोस्, भ्रष्टहरूलाई कानुनी कठघरामा उभ्याओस् । हिम्मत देखाएर सरकार सानो ठूलो सबै काण्डको छानबिन गर्न स्वतन्त्र शक्तिशाली आयोग गठन गरियोस्,’ उनले भने ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here