केशवराज भट्ट, वाशुलिङ्ग, बैतडी, फागुन २८ गते ।
बैतडीको सिगास गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको सिगास गाउँपालिका–७ सल्याडीमा बस्दै आएकी बझाङको बित्थडचिरगाउँपालिका–९ भतडा स्थायी घर भएकी सरस्वती रावलको भीरबाट लडेर मृत्यु भएको हो।
बिहीबार बिहान करिब साढे १० बजेतिर घरनजिकै रहेको सल्याडी भीरबाट लड्दा उहाँको घटनास्थलमै मृत्यु भएको स्थानीय दिपेन्द्र धामीले जानकारी दिनुभयो।
बैतडीका विभिन्न ग्रामीण क्षेत्रमा भीर तथा भिरालो भौगोलिक बनोटका कारण बर्सेनि भीरबाट लडेर ज्यान गुमाउने घटनाहरू बढ्दै गएको स्थानीयवासीले बताएका छन्।












