वाशुलिङ बैतडी, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले ५७७७ मत ल्याएका छन ।
हालसम्म १९ हजार ५९६ मत गणना हुँदा भण्डारीले ६८१ मतले अग्रता लिनुभएको छ । उहाँलाई नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले ५०९६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ४४४९ मत ल्याउनु भएको छ भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले २४२२ मत ल्याउनु भएको छ ।
यस्तै राप्रपाका उम्मेदवार भुपेन्द्र बहादुर चन्दले ४२७ मत प्राप्त गरेका छन भने १२३० मत बदर भएका छन । जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ ।















