बैतडीका दूरदराजमा चुनावी चहलपहल, घरदैलो अभियानमा व्यस्त दलहरू

- Advertisement -

वाशुलिङ बैतडी, फागुन १७ गते । आसन्न निर्वाचनलाई लक्षित गर्दै बैतडीका दूरदराजका बस्तीमा दलहरूले घरदैलो अभियान तीव्र पारेका छन् । चुनावी प्रचार गर्ने समय छोटिँदै जाँदा र जिल्लाको भौगोलिक बनावट विकट रहेकाले उम्मेदवार तथा दलका नेता बिहानैदेखि बेलुकासम्म मतदातासँग भेटघाटमा जुटेका छन् ।

जिल्लामा सक्रिय प्रमुख दलहरू : नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्नीष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र लगायतका पार्टीले जिल्लाका सबै स्थानीय तहका बस्तीमा प्रचार कार्यक्रम सम्पन्न गरेको बताएका गरेका छन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवारहरूले आफ्ना चुनावी प्रतिबद्धता प्रस्तुत गर्नुका साथै मतदाताका सुझाव र गुनासा सुन्ने कामलाई प्राथमिकतामा राखेका छन् । जिल्लाका सबै बस्तीमा पुगेर मतदाता भेट्ने, आफ्ना कुरा राख्ने र उनीहरूका समस्या सुन्ने कार्य भइरहेको छ,कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।

यतिबेला गाउँ–टोलमा चुनावी बहस चुलिएको छ । मतदाताले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीका विषयमा आफ्ना अपेक्षा स्पष्ट रूपमा नेताहरूसमक्ष राख्ने गरेका छन् । प्रचारप्रसारको समय सीमित भएकाले घरदैलो अभियानलाई तीव्र पार्नुको विकल्प नरहेको नेताहरूको भनाइ छ ।

यसैक्रममा नेपाली कांग्रेसले सबै स्थानीय तहमा प्रचारप्रसार सम्पन्न गरेको जनाउँदै आज पर्चौडी नगरपालिकामा आमसभा आयोजना गर्ने जनाएको छ । अन्य दलहरूले पनि विभिन्न स्थानमा सभा, भेटघाट तथा कोणसभा गर्दै मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।

ग्रामीण क्षेत्रमा बढ्दो चुनावी सक्रियतासँगै बैतडीमा यसपटकको निर्वाचनमा मतदाताको उत्साह निकै उल्लेख्य देखिएको छ ।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश