spot_img

आचारसंहिता उल्लङ्घन दोहोरिए कारबाही हुने चेतावनी

- Advertisement -

वाशुलिङ बैतडी, फागुन १३ गते । निर्वाचन आचारसंहिताको कार्यान्वयन कडाइका साथ गरिने भएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन तथा व्यवस्थापन समितिको बैठकले आचारसंहिता विपरीतका गतिविधि दोहोरिए कानुनअनुसार कारबाही अघि बढाइने निर्णय गरेको हो ।

बैठकमा सहभागी राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रचारप्रसारका क्रममा सार्वजनिक स्थलमा सामग्री टाँस्ने, अनुमति बिना सवारी साधन प्रयोग गर्ने तथा डिजे साउण्ड सञ्चालन गर्ने जस्ता गतिविधि देखिएकाले अबदेखि यस्ता कार्य नगर्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिताले निषेध गरेका ब्याज, झण्डा, टोपी लगायतका सामग्री वितरण तथा प्रयोगसमेत रोक्ने निर्णय भएको छ । सार्वजनिक स्थानमा राखिएका झण्डा, ब्यानर र तुल भेटिएमा सुरक्षाकर्मीले हटाउने र नियन्त्रणमा लिने जनाइएको छ ।

चुनावी प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्री सहभागी भएको पाइएकाले आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिए आवश्यक कारबाही गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी सभा, जुलुस तथा र्याली आयोजना गर्दा २४ घण्टा अगाडि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने निर्णयसमेत बैठकले पारित गरेको छ । निर्णयको अवज्ञा गरेमा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

जिल्लामा निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष सहमत भएको र अब अनुगमनलाई थप प्रभावकारी बनाइने समितिले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img