spot_img

बैतडीमा मदिराजन्य पदार्थ ओसारपसारमा कडाइ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्रीबितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्रीबितरणमा कडाइ गरिएको हो ।

शनिवारदेखी नै लागू हुने गरि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ बजेपछि मदिरा बिक्रीबितरण गर्न नपाइने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत भोजलाल थारुले जानकारी दिनुभयो । मदिराजन्य पदार्थ बिक्रीबितरण तथा ओसारपसार नियमनका लागि बिक्रीबितरण र उपभोगलाई व्यवस्थीत गर्न आज व्यवसायीहरुसंग छलफल गरेर कडाई गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

मौन अवधीमा मदिराजन्य बस्तुको बिक्रीबितरण पूर्ण रुपमा निषेध गर्ने, फागुन ११ गतेदेखी २४ गतेसम्म मदिरा दुवानी तथा ओसारपसार नगर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत थारुले जानकारी दिनुभयो ।

“व्यवसायीहरुसंगको छलफलपछि मदिराजन्य पदार्थ बिक्रीबितरण तथा ओसारपसार नियमन गर्ने निर्णय गरेका छौ।”, उहाँले भन्नुभयो, “यदी उक्त निर्णयको उल्लघंन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुन्छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा ११ जना चुनावी मैदानमा छन् ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img